online stats

केही सत्य कुराहरु

डर सानो भावना हो, यसको छाया मात्रै ठूलो हो ।:रुथ जेन्डलर

डरसँग पराजित हुने मानिसले आफ्नो जीवनमा एउटै पनि पाठ सिक्न सक्दैन ।:राल्फ वाल्डो इमर्सन

जीवनदेखि डराउने मानिस मरिसकेको हुन्छ । :बर्ट्रन्ड रसल

डरलाग्दा कथा र फिल्मले डरलाई झन् मजबुत पार्छन् । :फ्रान्सिस बेकन

मानिसले एकपटक डरको स्वाद चाखेपछि यो उसलाई हि्वस्कीभन्दा पनि कडा लाग्छ ।:डोनाल्ड डोज

इतिहासको कहिल्यै अन्त्य हुँदैन, बरु थुपि्ररहन्छ । :जोन क्लाइभ

भगवान्ले पनि बदल्न नसक्ने इतिहासलाई इतिहासकारले बद्लिदिन्छन् । :स्मुइल बट्लर

जनतालाई इतिहासले कैद गर्छ ।:जेम्स बाल्डविन

जनताले लेख्ने उपन्यास नै इतिहास हो । :एल्फ्रेड डे

कविता इतिहासभन्दा नजिकको सत्य हो । :प्लेटो

सामान्यतया इतिहासले नराम्रो सरकारको उदाहरण मात्र दिने गर्छ । :थोमस जेफरसन 

आशा एउटा मौरी हो जसले फूलबिना नै मह उत्पादन गर्छ । :रोबर्ट इन्जरसल

आशा गरिबको सबैभन्दा ठूलो सम्पत्ति हो । :ग्यारी हर्बट

आशाले तिमीलाई कहिल्यै लत्याउँदैन बरु तिमीले नै आश गर्न छाड्नेछौ । :जर्ज विनबर्ग

आशाबिनाको जीवन अर्थहीन हुन्छ । :अज्ञात

दुःखीसँग आशाबाहेक अर्को कुनै मित्र हुदैन । :विलियम सेक्सपियर

पुस्तकले कहिल्यै एक्लोपनको महसुस गर्न दिँदैन । :जिरेमी कोलियर

मनलाई विश्राम दिन पुस्तक पढ्नुस् । :हेनरी मिलर

लेखकसँग केवल आधा घन्टा कुरा गर्न पाए म कुनै पुस्तक पढ्ने थिइनँ । :उड्रो विल्सन

कुनै पुस्तक चाख्नुपर्छ, धेरै निल्नुपर्छ र केवल केहीलाई मात्र पचाउनुपर्छ । :फ्रान्सिस  बेकन

पहिलोपटक पुस्तक पढ्नु नयाँ साथीसँग चिनजान गर्नु हो । दोस्रोपटक पढ्नु पुरानै साथी भेट्नुजस्तै हो । :चाइनिज कथन

मानिसले कति थोरै जानेको छ भन्ने कलेज शिक्षाले पुष्टि गर्छ । :थोमस क्यान्डर हेलिबर्टन

कलेजले माध्यमिक विद्यालय र बिहेबीचको समय न्यानो बनाउँछ । :जर्ज गोबल

हिटलरले योजनाबद्ध ढंगले जर्मनी विश्वविद्यालय ध्वस्त पारे । हामी बिनायोजना हाम्रा विश्वविद्यालय ध्वस्त पार्न लागेका छौँ । :मार्टिन एच फिस्चर

संकायले विद्यार्थीमा रुचि राख्न छाडेपछि कलेज विश्वविद्यालय बन्छ । :जोन कियार्डी

कलेजमा स-साना ढुंगा रंगाएर चिटिक्क पारिएको हुन्छ । :रोर्बट जि इनगेरसोल 

शान्ति हिंसाबाट प्राप्त गर्न सकिँदैन, बरु शान्तिवार्तामार्फत प्राप्त गर्न सकिन्छ । :राल्फ वाल्ड इमरसन

शरम पचेका मानिसले शान्तिको नाममायुद्ध छेड्छन् । :निक्की गाएभेनी

शान्तिभन्दा अधिकार अमूल्य हुन्छ । :एलिन एलियस

जनताको शान्तिको कामना पूरा गर्न सरकार हिंसाको बाटोबाट टाढा रहनुपर्छ । :टुवाइट डी. इसेनहावर

रिस तातो कोइला हो । यसलाई आफूसँगै राख्यौ भने तिमी जल्नेछौ।:बुद्ध जसले तिमीलाई रिस उठाउँछ, उसले नै पराजित गर्छ।:एलिजाबेथ केनी जब तिमी एक मिनेट रिसाउँछौ तब खुसीका साठी सेकेन्ड गुमाउँछौ।:अज्ञात रिस खतराको एक पत्र हो।:अमेरिकी कथन रिसमा सधँ शत्रुलाई चिठी लेख्नू, तर कहिल्यै नपठाउनू।:जेम्स फ्यालोज रिसमा ढुंगालाई हिर्कायौ भने चोट तिमीलाई नै लाग्छ।:कोरियन कथन

July 4, 2008 Posted in शाश्वत वाणी BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/07/04/54/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting