online stats

ear-eater lover-girl


 

तपाईंलाई पनि अचम्म लग्न सक्छ कि कुनै प्रेमिकाले आफुलाई रिस उठ्यो भन्दैमा आफ्नो पूर्वप्रेमिको कान टोकिन भन्दा तर यो सत्य घटना हो। ३२ वर्षीया लुई क्रोक्सन एकाउन्ट हुन् । उनको एउटा केटोसँग माया बसेको थियो । तर, ती केटाले कुनै जानकारी नै नदिई एकाएक उनलाई लत्याए । यसले क्रोक्सनलाई अति क्रुद्ध तुल्यायो । केही हप्तापछि उनले आफ्नो पूर्वप्रेमी एन्ड्रयु रविन्सलाई पवमा फेलापारिन् । उनको रिस मरिसकेको थिएन । पूर्वप्रेमीलाई देख्दा उनको रिसको पारो झन् बढ्यो । उनले पूर्वप्रेमीलाई झम्टिइन् । त्यतिले नपुगेर रविन्सको कानमै दाँत गाडिन् । यी दुवै जाँडले मात्तिएका थिए । रविन पीडाले चिच्याइरहे । क्रोक्सनलाई अरूले छुट्टयाउने प्रयास गरे पनि सफल भएन । क्रोक्सनले रविन्सको कानमा दाँत गाडिरहिन् । कानको लोती नै छिनाइन् । त्यसपछि त्यो लोती भुइँमा थुकिन् । कानको लोती बारका कर्मचारीले तुरुन्तै टिपे र बरफमा राखे । पछि अस्पतालमा आपत्कालीन शल्यक्रिया गरेर वित्तविश्लेषक ३५ वर्षीय रविन्सको कानमा लोती जोडियो । अदालती कारबाहीको दौरानमा यी दुई केही हप्तासम्म स्नेहालु सम्बन्धमा रहेको बताइयो । उनीहरू उत्तरी लन्डनको इस्लिंटनमा साढे तीन लाख पाउन्ड भाडा तिरेर एउटै फ्ल्याटमा सँगै बस्ने गर्थे । दुवैजना हाइड पार्कस्थित सर्पेन्टाइन रनिङ क्लबका सदस्य थिए । तर, रविन्सले अचानक गत वर्ष क्रोक्सनसँगको सम्बन्ध तोडे । उनीहरू दुई वर्ष सँगै रहेका थिए । रविन्सको यो कदमले क्रोक्सनलाई चिन्तित र दुःखी तुल्यायो । त्यसपछि यी दुईको पहिलो भेट सेन्ट्रल लन्डनको यो पबमा भएको थियो । त्यहाँ क्लबको सामाजिक कार्यक्रम आयोजना गरिएको थियो । सरकारी वकिल जिनर भन्छन्, ‘त्यस साँझ सुरुमा उनीहरू एक अर्काप्रति नम्र थिए । तर, एकै ठाउँमा रहनुपर्दा असहज महसुस गरिरहे पनि उनीहरूले एकअर्काको उपस्थिति सहेका थिए र सामूहिक कुराकानीमा समेत सामेल भएका थिए ।’ ‘राति नौ बजेतिर अचानक क्रोक्सन रविन्समाथि बियर पोख्न पुगिन् । यसै विषयमा यी दुईबीच गलफत्ती सुरु भयो । अचानक क्रोक्सन रविन्समाथि जाइलागिन् र उनको कान टोकिन्,’ सरकारी वकिल जिनर भन्छन् । टोकेर थुकिएको रविन्सको कानको लोती फेरि टाँसियो । त्यसमा केही सामान्य खत मात्र रहेको छ । जिनरका अनुसार कान टोकेको यो घटनालाई अदालतले सोची-विचारी नभई क्षणिक आवेशको परिणाम भएको स्वीकारेको छ । यसको कारणमा सम्बन्ध टुटेपछिको निराशालाई लिएको छ । क्रोक्सनले घटनाको जिम्मेवारी स्वीकार गरेकी छिन् । अदालतमा न्यायाधीश जोन प्राइसले उनलाई भने, ‘यो ज्यादै दुःखलाग्दो घटना हो । तपाइंले जे गर्नुभयो त्यो अक्षम्य छ । अब रविन्ससँग भेट भएमा तपाईंले नम्र व्यवहार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ रविन्सले पनि आफ्नो बयानमा क्रोक्सनप्रति आफूमा कुनै दुर्भावना नभएको उल्लेख गरेका छन् । तर, उनले घटनाको जिम्मेवारी स्वीकार गर्नुपर्ने रविन्सको भनाइ थियो । अदालतले क्रोक्सनलाई दुई वर्षसम्म सामुदायिक काम गर्ने दण्ड दिनुका साथै मानसिक स्वास्थ्य उपचार कार्यक्रममा सहभागी हुन आदेश दिएको छ । यसैगरी, क्रोक्सनले क्षतिपूर्तीस्वरूप हजार पाउन्ड र अन्य खर्चबापत दुई सय ५० पाउन्ड तिर्नुपर्नेछ ।

July 7, 2008 Posted in समाचार र बिचार, Amezing World BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/07/07/ear-eater-lover-girl/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting