The Killer Tongue-kiss
के तपाईं विश्वाश गर्नु हुन्छ कि चुम्बन गर्दा पनि ज्यान जान्छ भनेर तर यहाँ यस्तै भएको छ । घटना साइबेरियन सहर नोभोस्बि्रस्कको हो ।
रेलको लिकमा एक युगल जोडी चुम्बनमा मस्त थियो । यो मस्तीको परिणाम उनीहरूले नराम्रो भोग्नुपर्यो । ३० वर्षे प्रेमी र २७ वर्षीया प्रेमिका लिकमा चुम्बनमा मस्त रहँदा प्रेमिकाले ज्यानै गुमाउनुपर्यो ।
उनीहरूको चुम्बन यति जोसिलो थियो कि रेलका चालकले रेलको सिटी बजाउँदा उनीहरूले सुनेनन् । यसैगरी, प्रत्यक्षदर्शीले चेतावनी दिएको पनि सुनेनन् । प्रेमिकाले आखिर जब रेलनजिकै आएको देखिन् ढिलो भइसकेको थियो । उनले आफ्नो प्रेमीलाई लिकबाट बाहिर धकेल्न मात्र भ्याइन् । तर, उनी आफू भने उम्किन सकिनन् । रेलले किचेर उनको तत्काल मृत्यु भयो । बाँचेका प्रेमीको भने खुट्टामा चोटपटक लाग्यो ।
July 7, 2008 Posted in समाचार र बिचार, Amezing World BY Administrator



