online stats

free petrol ::बेश्यालयमा मोज गर्नेलाई पेट्रोल सित्तैमा !

तपाईंलाई पक्कै अचम्म लाग्छ कि वेश्यालयमा जाँदा पेट्रोल सित्तैमा पाईन्छ भन्दा तर यो सत्य साबित भएको छ न्युयोर्कको नेभादाको एउटा वेश्यालयमा । यो वेश्यालयले नै आफूकहाँ आउने ग्राहकलाई सित्तैमा पेट्रोल दिने नयाँ स्किम ल्याएको हो । लासभेगासबाट एक सय ३० माइल परको सेडिलेडी र्‍यान्चले यो स्किम ल्याएको हो । एक घन्टाको सेवाबापत् तीन सय डलर तिर्दा अब ५० डलरबराबरको पेट्रोलको भौचर ग्राहकहरूले पाउने छन् । वेश्यालयका मालिक जेम्स डेभिसका अनुसार एक हप्तामै २० वटा भौचर सकिएका थिए । ‘हामीले राम्रै गरेका छौँ । हाम्रा लागि जुन र जुलाई राम्रा महिना होइनन् । तर, यो स्किमले गर्दा राम्रै भएको छ,’ अर्का मालिकले टेलिफोन अन्तर्वार्तामा भनेका छन् । यो वेश्यालय १६ वर्षदेखि सञ्चालित छ । डेभिसका अनुसार ग्राहकलाई लोभ्याउन पटकपटक यस्ता स्किम ल्याउने गरिएको छ । सित्तैमा पेट्रोल दिने अवधारणा उनकी श्रीमतीको हो । संयुक्तराज्य अमेरिकाका अधिकांश राज्यमा वेश्यालय अवैध भए पनि नेभादाका केही हिस्सामा वैध रहेका छन् ।

 

यदी तपाईं पनि पेट्रोल र मस्ती एकै चोटि चाहनुहुन्छ भने एकपटक जानुहोला । लौ त जय पेट्रोल दिने बेश्यालय!    

July 11, 2008 Posted in समाचार र बिचार, Amezing World BY Administrator


Free Website Hosting

1 Comment »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/07/11/p61/trackback/

  1. r u really saying o!i mean is that really

    Comment by nepali — July 11, 2008 @ 1:54 pm

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting