online stats

आखिर शहीद को ? - who is the martyr

शंकर अधीकारी "विवश"  

       सडकमा गाडीहरुको आवत-जावतमा केही ढिलासुस्तीझै महसुस भइराहेको थियो । केही पर एउटा व्यक्ती बौलाहा झै बिच सडकमा कराइरहेको थियो साथमा उसको हातमा एउटा थोत्रो पिस्तोल पनि थियो । बिच बिचमा कराउदै थियो :"कोही अगाडि नबढ मलाई रोक्ने प्रयास नगर, गरेमा शुट गरिदिन्छु ।" सम्पूर्ण मानिसहरु त्रसित मुद्रमा उसलाई र उसका उच्छ्रिङ्खल कृयाकलापलाई सडक छेउबाट हेरिरहेका थिए. गाडी चालकहरु डरले हात कमाउदै गाडी अगाडि बदाउने प्रयासमा थिए । यत्तिकैमा ऊ अचानक बिपरित दिशाबाट आएको ट्रकमा ठोक्किन पुग्यो र भुइमा उत्तानो परेर लड्यो ।

     आज सडकको बातावरण हिजोजस्तो पटक्कै थिएन । सडकमा गाडीहरुको आवत्-जावत शुन्य थियो । सडक रित्तो थियो । केही पर सडकमा नारा घन्किदै थियो । एक हुल मानिसहरु चर्को स्वरमा नारा लगाउदै थिए: " दोषिलाई कडा कारबाही गर। म्रितकको परिवारलाई क्षतिपूर्ति प्रदान गर । म्रितकलाई शहीद घोषणा गर । …………इत्यादी । म सोच्न विवश भएँ "आखिर शहीद को ?"

July 31, 2008 Posted in साहित्य संसार, अथिती स्तम्भ BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/07/31/p71/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting