मरेपछी पनि विवाह ::marriage after death
रामेछापका थामी जातिमा मरेपछी पनि विवाह गर्ने परम्परा रहिआएको छ । यो उनिहरुको सामाजिक परम्परा हो । यो जातिका बुढा पाकाहरुका अनुसार थामी जातिमा आफ्नो बंशमा कोही विवाह नगरि काल-अकालमा मरेमा उनिहरुका छोरा वा नातीले उक्त विवाह गराइदिनु पर्ने नत्र अर्को पूस्ताले पनि विवाह गर्न नपाउने चलन रही आएको छ। उक्त समुदायमा बिधिपुर्वक विवाह नगरि जन्मिएका सन्तानहरुले उनिहरुको आमा-बाबुको मृत्युपस्चात पनि उनिहरुको विवाह गरिदएपछीमात्र आफ्नो विवाह गरेका प्रमाणहरु पनि थुप्रै भेटिएका छन । थामी जतिका मनिसहरुका अनुसार : दुईवटा केरको थाम(खम्बा)लाई बाबुआमा मानी थामि पुरोहित बोलाई धुमधामसँग विवाह गरिन्छ र नातागोता इस्ट-मित्र सबैलाई बोलाएर भोज खुवाइन्छ। विवाहको कार्यक्रम सिद्दिएपछी दुबै केराको थामहरुलाई खोलामा लगेर सेलाइन्छ । थामि समुदायका मानीसहरुका अनुसार बाबु वा आमा मध्य कोही एक्जना मात्र मरेको भए एउटा केराको थामलाई सिंगारेर वा काँचको आम्खोरालाई सिंगारेर बाबु-आमा मानेर विवाह गराइदिने चलन छ । यो संस्कार पुरा गर्न पुरेत(स्वामी) र झाँक्री(दुर्मो) दुबैको आवश्यकता पर्दछ ।
August 20, 2008 Posted in समाचार र बिचार, Amezing World BY Administrator



