online stats

आज : पुरै दिन बत्ती आएको दिन

आज अचम्मै भयो । पुरै दिन बत्ती आयो । यस्तै सुनिन्थ्यो ललितपुरका बासिन्दाहरुको मुखबाट आज माघ १ गते । हजुर ललितपुरका मात्रै होइन हरेक ठाउँका बासिन्दाहरु यसरी नै खुशी भए त्यो पनि एकदिन लोडशेडिङ नभएकोले । हुन पनि बत्ती आयो र बत्ती बलेको देख्न पाइयो भने त दशै आएको जत्तिकै हुन्छ । धन्न आज अपराधिकरन(प्राधिकरण)लाई के धर्म गर्न मन लगेको रहेछ हाम्रोतिर त लोडशेडिङ गरिदिएन र त हाम्रो ब्लग अपडेट गर्न पाइयो नत्र त उही हो ब्लग अपडेट गर्न कि त शनिबार आउनु पर्थ्यो कि त सार्वजनिक बिदा हुनुपर्थ्यो । तर यसो हुँदा पनि लोडशेडिङले गर्दा एउटा लेख लेखेर पोस्टिङ् गर्न लाग्यो लोडशेडिङ भएर लेखेको पोस्ट सहितको मिहिनेत पनि गुमौनु पर्थ्यो । पैसा हुनेहरुले त laptop किनेर पनि नेटमा गर्नुपर्ने आफ्नो काम गर्थे तर आफ्नो भने उही p3/p4 computer मा नै चित्त बुझाउनु पर्ने भएकोले यस्तो भएको थियो ।

January 14, 2009 Posted in समाचार र बिचार BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/01/14/p102/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting