online stats

अन्तत: धमलाकै विरुद्धमा फैसला

सर्वोच्च अदालतले रिपोर्टर्स् क्लबका अध्यक्ष ऋषि धमलाको गिरफ्तारी कानुनसम्मत रहेको ठहर गर्दै उनलाई रिहा गर्न परेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीशत्रय मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र गौरी ढकाल रहेको विशेष इजलासले बिहीबार अपराह्न धमलालाई दिइएको थुनुवा पुर्जी नियमअनुसार भएको उल्लेख गर्दै फ्रिडम फोरमद्वारा दायर बन्दीप्रत्क्षीकरण रिट खारेज गरेको हो।

इजलासले दिएको निर्णयमा धमलाविरुद्ध प्रहरीद्वारा लगाइएको मुद्दामा अनुसन्धान तहकिकात धेरै अगाडि बढिसकेकाले त्यसमा अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था नरहेको उल्लेख छ।

´धमलालाई दिइएको थुनुवा पुर्जी र थुनामा राख्‍न तथा थुनाको म्याद थप्न प्रमुख जिल्ला अधिकारीले दिएको आदेश नियमअनुसार छ। सम्बन्धित कानुनले मुद्दा हेर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई नै तोकेको छ। मुद्दाको तहकिकात धेरै अगाडि बढिसकेको हुँदा अदालतले हस्तक्षेप गरिहाल्नुपर्ने देखिएन। रिट खारेज हुन्छ´ रिट खारेजीको निर्णयमा भनिएको छ।

(more…)

February 19, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


कमल थापा फेरी बोले : "राजा रेफ्रीका रुपमा आउन सक्छन्"

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा रेफ्रीका रुपमा पुनः आउन सक्ने बताएका छन्। प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र एमाले नै राजतन्त्र पुनर्स्थापनाको मानसिकतामा पुगेकोले सो कुरा संभव भएको उनको दावी छ। बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ´राजा हटेपछि कांग्रेस र एमाले निकै निरीहमात्र भएका छैनन् आफ्नो अस्तित्व रक्षाको लागि प्रधानसेनापति कटुवालको चाकडी गर्ने स्थितिमा पुगेका छन्।´ माओवादीको उग्रवामपन्थी व्यवहारले राजालाई पुनः गद्धीमा फर्काउने वातावरण निर्माण गरिरहेको उनले बताए। थापाले भने – ´अहिले नेपालमा रेफ्रीबिनाको खेल भइरहेको छ यस्तो बेला राजालाई विशुद्ध रेफ्रीको रुपमा ल्याउनुपर्ने माग जनस्तरबाट उठ्न थालिसकेको छ।´ राजतन्त्रवादी नेताका रुपमा परिचित थापाले माओवादीको उग्रवामपन्थी बिचारलाई परास्त गर्नका लागि नेपालमा बैकल्पिक विचार जन्मिनॆ पनि बताएका छन्। त्यस्तो बिचारको नेतृत्व कांग्रेसले गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेकोसमेत उनले खुलासा गरे । (more…)

Posted in समाचार र बिचार BY Administrator No Comments »


कालोसूचीमा को-को परे

नयाँ पत्रिका
काठमाडौं, ५ फागुन
2009-02-17,Tuesday

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भारतीय र पाकिस्तानी नागरिकसमेत समावेश छन्.
अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेर कारबाहीमा परेका ऋणीको नाम सार्वजनिक गरेको छ । उक्त सूचीमा दुई सय ३८ ऋणी समावेश छन् ।
सरकारले नियतवश ऋण नतिरेर कालोसूचीमा परेका ऋणीलाई कारबाही गर्ने निर्णय गत २९ माघमा गरेको थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट एक करोड रुपैयाँभन्दा बढी कर्जा लिएर नतिरेका ऋणी कारबाहीमा परेका छन् । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भारतीय र पाकिस्तानी नागरिकसमेत समावेश छन् ।

कालोसूचीमा परेकामध्ये हिमालयन बैंकबाट कर्जा लिएका मोहबुब अली, मोहम्मद राजा हिरानी र गुलामा अब्बास हिरानी पाकिस्तानी हुन् । उनीहरूले पाकिस्तानमा ग्यालेक्सी ट्रेडिङ नामको कम्पनी सञ्चालन गर्दै आएका छन् । नेपाल एसबिआई बैंकबाट कर्जा लिएका पवनकुमार लोहिया र स्मृति लोहिया भारतीय हुन् । बैंकले मन्त्रालयलाई बुझाएको सूचीमा उनको ठेगाना सी डोभर रोड कोलकाता भारत लेखिएको छ । उनीहरूले बैंकबाट व्यक्तिगत रूपमा कर्जा लिएका छन् ।

(more…)

February 17, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


Mosquito & Bullet

One night a thief breaks into the wealthy businessman’s house seeking to loot money. He finds the wealthy business man, Mr. Bhyam Krishna Chaudhary sleeping and goes to loot him.

Thief : Hey you ! Give me Rs. 5 crore otherwise I’ll shoot you.

(more…)

February 14, 2009 Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


Happy Valentine Day

Wishing You A Happy Valentine Day… 

(more…)

Posted in समाचार र बिचार, शुभ-कामना/बधाई BY Administrator No Comments »


अन्तत: ऐतिहासिक जित हात पर्‍यो नेपालले :: AT LAST NEPAL GOT HISTORICAL VICTORY

काठमाडौमा आयोजना गरिएको एसीसी अण्डर-१७ एलाइट कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालले उपाधि चुमेको छ। किर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई पराजित गरेको हो । मलेसियाले तयार पारेको १२५ रनको लक्ष्य २३.३ ओभरमा भेट्टाउने क्रममा सागर पुनले ५३ तथा आकाश सिंह परियारले ६५ रन बनाएपछि नेपालले उपाधि हात पारेको हो । (more…)

February 12, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


मातृकाले झापड हाने प्रचन्डलाई ….

नेकपा एकिकृतसंग एकता गरी एकिकृत माओवादी बनेको पार्टीमा भुइचालो आएको छ । माओवादीको केन्द्रिय सदस्य रहेका मातृका यादवले एकिकृतको केन्द्रिय सदस्य हुन अस्विकार गर्दै पुन नेकपा माओवादीको पुर्नगठन अभियान शुरु गरेपछि अब माओवाद अंगाल्ने पार्टी समेत २ वटा बनेको छ । बुधवार पत्रकार सम्मेलन गरेरै मातृकाले आफुलाइ नेकपा माओवादीको केन्द्रिय सदस्यको रुपमा प्रस्तुत गरे । पुष्पकमल दाहाल नेकपा माओवादीको पुर्व अध्यक्ष रहेको घोषणा गर्दै उनले पत्रकार सम्मेलनमा भने-"म नेकपा माओवादीको केन्द्रिय सदस्य थिए र छु प्रचन्ड यसका पुर्व अध्यक्ष हुन अब को अध्यक्ष हुने हो त्यो भोलि थाहा हुन्छ ।
(more…)

Posted in समाचार र बिचार BY Administrator No Comments »


मुल्ला दो पियाजा र झगडालु छिमेकी

आफ्नो बुद्धिको निम्ति प्रसिद्ध मुल्ला दो पियाजाको एक छिमेकी झगडालु थियो । त्यो छिमेकीको एउटा कुकुर बिनाकारण भुकिरहन्थ्यो । आधारातको समयमा भुक्न त्यसलाई ज्यादै मन पर्थ्यो । मुल्ला दिनभरको कडा कामपछि शान्तिपूर्वक सुत्न चाहन्थ्यो, त्यसैले त्यो भुकाई मन पराउँदैनथ्यो ।

एक रात उ निकै अबेर घर फर्क्यो । यति थाकेको थियो उ कि तुरुन्तै सुत्न गयो । मध्यरातपछि छिमेकीको त्यो कुकुरको भुकाइले उ अचानक बिउँझियो । एकछिन त उसले आफ्नो रिस थापिरह्यो । तर, जब निरन्तरको त्यो भुकाई सहिरहन सकेन, उसले क्रोधावेशमा उठेर आफ्नो लठ्ठी लियो । त्यसपछि सीधै कुकुर भएको ठाउँमा गएर त्यसलाई मज्जाले पिट्न थाल्यो।
(more…)

February 7, 2009 Posted in हाँसो ठट्टा (humors), अथिती स्तम्भ BY Administrator No Comments »


Free Website Hosting