online stats

मुल्ला दो पियाजा र झगडालु छिमेकी

आफ्नो बुद्धिको निम्ति प्रसिद्ध मुल्ला दो पियाजाको एक छिमेकी झगडालु थियो । त्यो छिमेकीको एउटा कुकुर बिनाकारण भुकिरहन्थ्यो । आधारातको समयमा भुक्न त्यसलाई ज्यादै मन पर्थ्यो । मुल्ला दिनभरको कडा कामपछि शान्तिपूर्वक सुत्न चाहन्थ्यो, त्यसैले त्यो भुकाई मन पराउँदैनथ्यो ।

एक रात उ निकै अबेर घर फर्क्यो । यति थाकेको थियो उ कि तुरुन्तै सुत्न गयो । मध्यरातपछि छिमेकीको त्यो कुकुरको भुकाइले उ अचानक बिउँझियो । एकछिन त उसले आफ्नो रिस थापिरह्यो । तर, जब निरन्तरको त्यो भुकाई सहिरहन सकेन, उसले क्रोधावेशमा उठेर आफ्नो लठ्ठी लियो । त्यसपछि सीधै कुकुर भएको ठाउँमा गएर त्यसलाई मज्जाले पिट्न थाल्यो।

पहिलो प्रहारमा कुकुर एउटा ठूलो भुकाइका साथ उफ्रन र भुक्न थाल्यो अनि आफूलाई मुल्लाको प्रहारबाट बचाउन कोशिस पनि गर्‍यो ।

यो हल्लापूर्ण कार्यले गर्दा कुकुरको मालिक बाहिर आयो । जे देख्यो त्यसले छक्क पर्दै रिसाएर उ करायो ।

‘नपिट्नोस, मुल्ला १ कसरी मेरो कुकुरलाई पिट्ने साहस गरेको ? फेरि पिट्नु भयो भने म पनि तपाईलाई बाँकी राख्दिनँ ।’

‘के गर्नुहुन्छ मलाई ?’ मुल्लाले उडाएझैं गरी भन्यो ।

‘यसको ढाडमा पिट म पनि तपाईको ढाड भाँचिदिन्छु । यसको खुट्टा छोए, म तपाईको खुट्टा भाँचिदिन्छु । बुझ्नभो ?’ उसले डरलाग्दो पारामा मूल्लालाई हेर्‍यो ।

मुल्ला दो पियाजाले एकछिन यसो विचार गर्‍यो र अबोध भई सोध्यो, ‘अँ बुझें । यस्तो हो भने म आइन्दा यसको पुच्छरमा हान्नेछु ।’

Source:FREENEPAL.COM

February 7, 2009 Posted in हाँसो ठट्टा (humors), अथिती स्तम्भ BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/02/07/p103/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting