Happy Valentine Day
Wishing You A Happy Valentine Day…
कसैले तपाईंलाई रातो गुलाफको फुल दियो भने सम्झनुस् तपाईंलाइ कसैले माया गर्छ, कलेजी रङको गुलाफ दियो भने—फुल दिनेले उ भित्र भएको मुटु तिम्रै लागि धड्किरहेछ भन्ने बुझाउन खोजिरहेछ भन्ने बुझ्नु होला, यदि कसैले तपाईंलाई कालो रङको गुलाफको फुल दिन्छ भने उस्ले तपाईंसँगको सम्बन्ध तोड्न जाँदै छ भन्ने बुझ्नु होला ।
प्रेम सम्बन्ध जोड्ने दिन हो आज, हो आज प्रणय दिबस ! बिहानै देखी सुरु भईसकेको छ प्रणय दिबसको रौनक, पार्कहरुमा आज ।
What is Valentine Day?
किबदन्ती अनुसार ई.स २७० ताका रोम नजिकै बस्ने एकजना पादरी थिए सेन्ट भ्यालेन्टाइन । त्यो बेला रोमन साम्राज्य युद्धमा होमिएको थियो । उसका लागि धेरै भन्दा धेरै विर साहसिक लडाकुहरुको आवश्यकता थियो । प्रेमले मोह जन्माउछ र ब्यक्ति कमजोर बन्छ भन्ने तत्कालीन रोमन सम्राट क्लौडियसको आफ्नै धारणा थियो । त्यसैले उनले आफ्नो सिपाहीहरुलार्य बिबाह गर्नमाथि प्रतिबन्ध लगाए ।
त्यही बेला निस्किए क्रान्तीनायक बनेर भ्यालेन्टाइन । उनी एक चर्चको पादरी थिए । उनले आफ्नो जीवन दाउमा लगाएर तत्कालीन सम्राटको घोषणा विपरित लुकाइ लुकाई सिपाहीहरुको विवाह गराइदिन्थे चर्चमा ।
एक कान दुइ कान मैदान हुंदै यो खवर क्लौडियसकोमा पुग्यो नै । ृनले तत्काल सेन्ट भ्यालेन्टाइनलाइ पक्राउ गरे र जेलमा कोचे । जेल जीवनमै उनको प्रेम बस्यो जेलर एसटेरियस कि छोरीसँग । उनकी प्रेमिका दृष्टिहीन थिइन । जव भ्यालेन्टाइन उनको प्रेमममा परे उनको आंखाको ज्योति फर्कियो ।
आफ्नो घोषणाको अवज्ञा गरेकोमा रोमन सम्राट उनीसित क्रुद्ध थिए धेरै । त्यसैले उनले आपुनो रिस शान्त पार्न भ्यालेन्टाइनलाई फासिको सजाय सुनाए । उनलाई झुण्ड्याउने निश्चित भयो । झुन्डीनु अगाडि उनले आफ्नी प्रेमिकालाइ प्रेम पत्र लेखे । जसमा लेखिएको थियो- ः म तिमीलाई धेरै माया गर्छु । यहीवाट शुरु भयो प्रेम ब्यक्त गर्ने दिवस भ्यालेन्टाइनको नाममा ।
February 14, 2009 Posted in समाचार र बिचार, शुभ-कामना/बधाई BY Administrator



