online stats

कमल थापा फेरी बोले : "राजा रेफ्रीका रुपमा आउन सक्छन्"

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा रेफ्रीका रुपमा पुनः आउन सक्ने बताएका छन्। प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र एमाले नै राजतन्त्र पुनर्स्थापनाको मानसिकतामा पुगेकोले सो कुरा संभव भएको उनको दावी छ। बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ´राजा हटेपछि कांग्रेस र एमाले निकै निरीहमात्र भएका छैनन् आफ्नो अस्तित्व रक्षाको लागि प्रधानसेनापति कटुवालको चाकडी गर्ने स्थितिमा पुगेका छन्।´ माओवादीको उग्रवामपन्थी व्यवहारले राजालाई पुनः गद्धीमा फर्काउने वातावरण निर्माण गरिरहेको उनले बताए। थापाले भने – ´अहिले नेपालमा रेफ्रीबिनाको खेल भइरहेको छ यस्तो बेला राजालाई विशुद्ध रेफ्रीको रुपमा ल्याउनुपर्ने माग जनस्तरबाट उठ्न थालिसकेको छ।´ राजतन्त्रवादी नेताका रुपमा परिचित थापाले माओवादीको उग्रवामपन्थी बिचारलाई परास्त गर्नका लागि नेपालमा बैकल्पिक विचार जन्मिनॆ पनि बताएका छन्। त्यस्तो बिचारको नेतृत्व कांग्रेसले गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेकोसमेत उनले खुलासा गरे । उनले भने- ´कांग्रेस पुरानो र अनुभवी पार्टी भएकोले हामी नयाँ जन्मिने शक्तिको नेतृत्व कांग्रेसले गरोस् भन्ने चाहन्छौँ तर उ अहिलेसम्म सत्ताकेन्द्रित राजनीतिकै घृणित खेलमा छ।´ अध्यक्ष थापाले नेपालका राजनीतिक दलहरुमा माओवादीमात्र स्पष्ट बिचार र भिजन लिएर हिँडेको बताए। सो पार्टीले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगरेको र हिंसालाई त्यागेको घोषणा नगरेकोले उ आफ्नो बिचारमा अडिग रहेको उनले बताए। उनले भने – ´अरु पार्टीले माओवादीलाई मूलधारमा ल्यायौँ भनेर जति बखान गरे पनि उ आफ्नो बाटोमा सरासर हिँडिरहेको छ उसको यात्रा जनतन्त्र ल्याउने नाममा अधिनायकबादतर्फ उन्मुख छ।´ अर्को एक प्रसंगमा अध्यक्ष थापाले अहिले सरकारको विकल्प खोज्न नहुने बताएका छन्। सत्ताधारी माओवादीभन्दा सत्ताबञ्चित माओवादी शान्ति प्रक्रियाको लागि खतरा भएको औँल्याउँदै थापाले भने -´अहिले नै माओवादीलाई सत्ताबाट हटाउनु उचित हुँदैन एक किसिमले ऊ जनताको जनमत पाएर सरकारको नेतृत्व गरिरहेको छ।´ नयाँ संविधान निर्माणपश्चात हुने निर्बाचनले माओवादीलाई आफै सत्ताबाट हटाउने भविष्यबाणीसमेत थापाले गरे । उनले भने, ´माओवादीले जनतालाई जेजस्ता प्रतिवद्धता व्यक्त गरेर युद्धमा होमेको थियो ती सबै हावामा उडेपछि अब जनताले कसरी विश्वास गर्छन्।´

Source:Dainikee.com

February 19, 2009 Posted in समाचार र बिचार BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/02/19/p110/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting