online stats

चीन विरोधी गतिविधि प्रतिबन्ध लगाएकोमा राजदूतद्वारा खुसी व्यक्त

  • चिन विरोधी गतिविधि रोक्न नेपाल सरकार थप चनाखो हुनुपर्छ : चिनियाँ राजदूत
  • बैशाख दोस्रो साता प्रधानमन्त्री दाहाल चीन जाने
  • काठमाडौं, चैत १३ (दैनिकी) – नेपालका लागि चिनियाँ राजदूत छिऊ ग्वॊ हुङले नेपालमा चीन विरोधी गतिविधि गर्न प्रतिबन्ध लगाइएकोमा खुसी व्यक्त गरेका छन्। नेपाल चीन मिडिया फोरमले बुधबार आयोजना गरेको अन्तरक्रियामा उनले चिन विरोधी गतिविधि रोक्न नेपाल सरकार थप चनाखो हुनुपर्ने बताए। ग्वोहुङले दुई देशको सम्बन्ध अझ गाढा बनाउन बन्दै जानुपर्ने पनि बताए। कार्यक्रममा संचारमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि केन्द्रित हुने बताए। संचारमन्त्री महराले प्रधानमन्त्रीको अबको भ्रमण राजनीतिक हुने जानकारी पनि दिए। प्रधानमन्त्रीको भ्रमणमा पर्यटन, जलस्रोत र भौतिक पूर्वाधारमा चिनियाँ लगानी ल्याउने सहमति गर्ने अपेक्षा छ, महराले भने।

    आउँदो वैसाख दोस्रो साता प्रधानमन्त्री चीन जाने कार्यक्रम छ। दाहाल प्रधानमन्त्री भएपछि पहिलोपटक चीनको भ्रमण गरे पनि त्यसलाई राजनीतिक भ्रमण नभएको दाबी गरिएको थियो।

    सञ्चारमन्त्री महराले भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनको कम्युनिष्ट पार्टीका नेता र मन्त्रीहरुसँग भेट्ने बताए।
    तिब्बतको परिवर्तनका सन्दर्भमा आयोजित कार्यक्रममा नेपाल चीन सम्बन्धविद्ले नेपाललाई भारत र चीनको ´ट्रान्जिट´ बनाउनुपर्नेमा जोड दिए।
    ´तिब्बत छुट्टै देश भएर नेपाल ´ट्रान्जिट´ हुनै सक्दैन,´ – परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने, ´नेपालको हिमाली क्षेत्रको विकास गर्न चीनको सहयोग लिनै पर्छ।´ श्रेष्ठले नेपालमा चिनियाँ लगानीका उद्योग स्थापना गरेर चिनियाँ बजारमै लैजान सके नेपालको व्यापार घाटा घट्ने पनि बताए।

    सीमाविद् बुद्धिनारायण श्रेष्ठले विज्ञहरुसँग सल्लाह गरेरमात्रै चीनसँग नयाँ सम्झौता गर्न सुझाव दिए। चीनले नेपालसँग नयाँ शान्ति सम्झौता गर्न हालै प्रस्ताव गरेको छ।

March 26, 2009 Posted in समाचार र बिचार BY Administrator


Free Website Hosting

1 Comment »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/03/26/p116/trackback/

  1. Greetings from Italy.good luck

    Hello,Marlow

    Comment by Marlow — March 30, 2009 @ 1:50 am

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting