ब्यालेटबाट सत्ता प्राप्त गर्नेछु : पारस

![]()
म राजा हुन लायक छैन।
संगीतकार प्रवीण गुरुङको मोटरसाइकल मेरो गाडीमा ठोक्किन आयो।
गुरुङलाई आफैं अस्पताल लगें, परिवारलाई क्षतिपूर्ति दिएँ।
ज्ञानेन्द्र शाह बुढापाकाको मात्र सल्लाह लिन्थे।
सायद अर्को महिना सेयर बजारमा लगानी गर्छु।![]()
पारसले नेपालमा राजतन्त्र पुन:स्थापना भए पनि विगतमा आफूले गरेका गल्तीका कारण राजा हुन अयोग्य रहेको स्वीकार गरेका छन्। ३७ वर्षीय पारसले भनेका छन्- ´ विगतमा गरेका गल्तीलाई अहिले म सच्याउन सक्दिन, राजा खोटविहीन हुनुपर्छ, नत्र ती खोटले पदको मर्यादालाई बिगार्छन्।´
´ द न्यु पेपर´ले छापेको छ ´तीव्र गतिको जीवन मन पराउने र एक बसाइमै एक बोतल भोड्का सिध्याउने पारसको बानीले उनलाई समाजको प्यारो बनाएन।´
पूर्व युवराजले संगीतकार प्रवीण गुरुङको मृत्युको प्रसङ्ग उल्लेख गर्दै भनेका छन्, ´पानी परिरहेको थियो, म गाडी चलाउँदै थिएँ, एक्कासि एउटा मोटरसाइकल मेरो गाडीअगाडि चिप्लेर आइपुग्यो।´ ब्रेक थिचे पनि गाडीले ठक्कर दिएपछि गुरुङलाई आफैंले अस्पताल पुर्याएको र अस्पतालमा उनलाई मृत घोषित गरिएको पारसले बताए।
पारसले भोलिपल्टै गुरुङको घरमा पुगेर ´उनकी पत्नीलाई राहत दिएको र बालबच्चाको स्कुलको बन्दोबस्त गरिदिएको´ बताए।
एक अर्को प्रसङ्गमा पारसले आफू सुरक्षाको कारण नेपाल छोडेर सिंगापुर आएको बताए। उनले आफ्ना बाबु तथा पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सल्लाहविरुद्ध सधैँ बुढापाकाको मात्र कुरा सुन्ने गरेको खुलासा गरे। ´म उहाँलाई सधैँ नयाँ पुस्ताको सल्लाह लिन आग्रह गर्थें, जसले नेपाललाई अघि बढाउन सक्थ्यो।´
सिँगापुर बसाइको अधिकांश समय नेपालमा रहेका बालबच्चालाई फोन गरेर बिताउने पारसले बताए। उनलाई भेट्न नेपालबाट साथी र आफन्त आइरहने पनि पारसले बताए। पारसले आफैं सपिङ गर्ने र आफ्ना लागि आफैं खाना पकाउने गरेको पनि बताए। पारसले आफ्नो सम्पूर्ण खर्च नेपालबाटै आउने गरेको बताए।
सिँगापुरमा केही साथीको व्यवसाय भएकाले आफूले पनि काम थाल्ने सोचमा रहेको पारसले बताए। ´तर यसबारेमा निर्णय भने लिइसकेको छैन´ पारसले भने – ´सायद अर्को महिनादेखि कतै लगानी गर्छु होला, मैले सुनेको छु त्यतिबेला सेयर बजारमा राम्रो मौका आउनेछ।´
March 31, 2009 Posted in समाचार र बिचार BY Administrator



