Aalok Exist No Longer Because Of Poverty
दीपक भट्टराई, चैत २१ काठमाडौं
चलचित्र लेखक तथा निर्देशक दीपक आलोकको शुक्रबार बिहान साँढे चार बजे काठमाडौं चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
गत साउन महिनादेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनी अस्पताल भर्ना भएका थिए। रंगकर्मी आलोकलाई गत मंगलबारदेखि आईसीयूमा स्थानान्तरण गरिएको थियो। आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकी डायलोसिसका भरमा मृत्युसँग लड्दै आइरहेका आलोकलाई जन्डिससमेत भएपछि समस्या थपिएको थियो।
आलोकले ´परदेशी´ र ´बक्सिस´ दुईवटा चलचिच र ´सनाइ रोइरहेछ´, ´अग्निपथ´ जस्ता टेलिचलचित्रमा निर्देशन गरेका थिए।
तितो सत्यकी चर्चित अभिनेत्री दीपाश्री निरौलालाई आलोकले टेलिफिल्म ´सनाई रोइरहेछ´बाटै सानो पर्दामा ल्याएका थिए।
पचासौं वर्षपहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाले क्यान्सरग्रस्त भएको बेला साम्यवादी सरकार भएको भए यसरी मर्नुपर्दैन थियो भनेर लेखेको उक्तिको सम्झना गर्दै आलोकले पछिल्ला कृतिमा साम्यवादी सरकारको छत्रछायामा रहेर पनि आफूले देवकोटाकै जस्तो नियति भोग्न बाध्य भएको अनुभव पोखेका छन्।

विराटनगरका ५२ वर्षीय आलोकले थला परेकै अवस्थामा केही समयअघि मात्र आफूद्वारा लिखित नाट्यकृति मनको लड्डु, मृत्युदान र चाण्डालिका विमोचन गराएका थिए।
पचासौं वर्षपहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाले क्यान्सरग्रस्त भएको बेला साम्यवादी सरकार भएको भए यसरी मर्नुपर्दैन थियो भनेर लेखेको उक्तिको सम्झना गर्दै आलोकले पछिल्ला कृतिमा साम्यवादी सरकारको छत्रछायामा रहेर पनि आफूले देवकोटाकै जस्तो नियति भोग्न बाध्य भएको अनुभव पोखेका छन्।
आलोकका एक श्रीमती र दुई छोरी छन्।
April 3, 2009 Posted in समाचार र बिचार BY Administrator