online stats

टोपी

मैले बुझेको टोपी

गिरिजाले छोड्न नहुने,
प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने,
सूर्यबहादुरले लाउँनै पर्ने र शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी।
सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी
दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को समलिगीँ र धोतीको विपरीतार्थी हो टोपी।
देउरालीको उकालीमा भारी बोक्दा पसीना पुछ्ने रुमाल हो टोपी
तराईका फाँटमा हलो जोत्दा पसीना ओभाउने पंखा हो टोपी
भावनामा बहकिँदा हिमालभन्दा अग्लो देखिने टोपी
राष्ट्रियतामा फराकिंदा समुन्द्रभन्दा फराकिलो देखिने टोपी
दशैंमा बाआमाको आशीर्वाद थाप्ने टोपी
तिहारमा चेलीबेटीबाट पाउने माया हो टोपी
नेपालीको सान गौरब हो टोपी !

मैले नबुझेको टोपी
काठमाडौंको सिंहदरबारमा भन्दा दार्जिलिंगको चौरस्तामा
किन दौरा सुरुवाल र गुन्यूं चोलीसँग ठाँटिन थालेको छ यो टोपी
अस्तिसम्म बहुमतमा पर्ने किन आज संरक्षणमा पर्दैछ यो टोपी
बौद्धिकताको घेराभित्र किन छिर्न सकिरहेको छैन यो टोपी
सबै खुला भई सके किन भूमिगत हुन खोज्दै छ यो टोपी

मैले चाहेको टोपी
यसपालीको संविधानमा दौरा सुरुवाल र गुन्यू चोली सँगैँ राष्ट्रिय पोसाकको रूपमा
धारा नत्भए उपधारामा छिरीदिए हुन्थ्यो यो टोपी
धेरै कुरामा पछि छौं राष्ट्रियताको पहिचान बनी दिए हुन्थ्यो यो टोपी
सभा गोष्टी र भेलामा सके सबैले नत्र प्रमुख अथितिले पहिरिदिए हुन्थ्यो यो टोपी
मेरो खुइलिएको कुरूप तालुको सधै पाले बनी दिए हुन्थ्यो यो टोपी।

सुरेश ओली 

टेक्सस

Source::Dainikee.com

April 3, 2009 Posted in यता-उता/तल-माथिबाट, साहित्य संसार, अथिती स्तम्भ BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/04/03/p122/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting