शिव प्रकाश
मुहानहरू
सुकिरहेछन् पानीका
फुटिरहेछन् रगतका
देश अहिले पनि
निरन्तर नुहाइहरेछ रगतले ।
पानीपानी छ
तर खै कहाँ छ पानी ?
छताछुल्ल छ अझै रगतको बाढी
देश अहिलेसम्म
निथ्रुक्क भिजेको छ रगतले ।
पानी ! पानी !! पानी 
तर खै कहाँ छ पानी ?
मान्छे डराउँछ
रगत पिउन
तर देश
तिर्खा मेटिरहेछ
रगतले… !
पानी ! पानी !1 पानी 
पानी नै पानी
तर खै कहाँ छ पानी ?
रगतै रगत
खोला कुवा धारा पँधेरा
रगतै रगत
पानीभन्दा सस्तो भएको छ
रगत ….
मान्छेको रगत …. !
source::Dainikee.com
April 3, 2009 Posted in यता-उता/तल-माथिबाट, साहित्य संसार, अथिती स्तम्भ BY Administrator
The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/04/03/p123/trackback/
प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।