महंगो सम्बन्ध विच्छेद !
ओस्कर विजेता अभिनेता÷निर्देशक मेल गिब्सनको वैवाहिक जीवन समाप्तीको नजिक पुगेको छ। १९८० मा रोविन मुरसँग विवाह गरेका गिब्सनको २००६ देखि उनीसँग अलग बस्दै आएका थिए। हालै पत्नी मुरले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि गिब्सनको वैवाहिक जीवन संकटमा परेको हो।
गिब्सनको २८ वर्ष लामो वैवाहिक जीवन समाप्त भयो भने यो अहिलेसम्मकै सबैभन्दा महंगो सम्बन्ध विच्छेद हुनेछ। ९ सय मिलियन अमेरिकी डलर सम्पती भएका गिब्सनले सम्बन्ध विच्छेदपछि आधा सम्पती पत्नी मुरलाई दिनुपर्ने छ। ´ब्रेभ हार्ट´, ´एप्पोकिल्पटो´, ´द प्याटि्रयट´, ´प्यासन अफ द क्राइस्ट´ जस्ता फिल्मको निर्देशन गरेका गिब्सनलाई पूर्णत हलिउड शैलीका कलाकार मानिन्छ। फिजीमा ९ मलियन डलर मूल्यको एउटा टापु र कोस्टारिकामा २६ मिलियन मूल्यको ४ सय एकड जमिन गिब्सनको नाममा रहेको छ। ८ मुरले दिएको सम्बन्ध विच्छेदको मुद्दामा गिब्सनको आधा सम्पती वकिलको शुल्क र दश वर्षमुनीका दुई सन्तानको जिम्मासमेत मागिएको छ। गिब्सन दम्पतीका जम्मा ६ सन्तान छन्। अहिलेसम्मका महंगा सम्बन्ध विच्छेद वास्केटवल खेलाडी माइकल जोर्डन र हलिउड निर्देशक स्टिवन स्पिलवर्गका थिए। २००७ मा सम्बन्ध विच्छेद गर्दा जोर्डनले १ सय ६८ मिलियन डलर र स्पिलवर्गले १९८९ मा सम्बन्ध विच्छेद गर्दा १ सय मिलियन डलर पूर्वपत्नीलाई बुझाएका थिए।
source dainikeedotcom
April 16, 2009 Posted in समाचार र बिचार BY Administrator