online stats

नेपाललाई प्रधानमन्त्री बनाउनु ठूलो ग्राइन डिजाइनः प्रचण्ड

काठमाडौं, १५ जेठ (दैनिकी)

पूर्व प्रधानमन्त्री तथा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको नेतृत्वमा बसेको सरकार ‘बेबी किङ’लाई फर्काउने षडयन्त्र भएको आरोप लगाएका छन । शुक्रबार ललितपुरमा गणतन्त्र दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले संविधानसभामा कांगेस दोस्रो दल र स्वयम् एमालेका अध्यक्ष झलनाथ खनाल हुँदाहुँदै माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु ठूलो ‘ग्राइन डिजाइन’ भएको बताएका छन । (more…)

May 29, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


बेरोजगारलाई भत्ता, उर्जा विकासमा २० अर्ब

  • उर्जा विकास कोषमा सरकारले २० अर्ब राखेर १४ अञ्चलमा जलविद्युत परियोजना निर्माण गर्ने अवधारणा उनले अगाडी सारेका छन्।
  • विधान निर्माण, शान्ति प्रक्रिया, सेना समायोजन, राज्यको पुर्नसंरचना, संघियराज्य निर्माणलाई प्राथमिकता दिने कुरा पदवहाली गर्दै उनले भनेका छन्- भुमिहीनलाई जग्गाभन्दा वेरोजगार भत्ता दिनु ठिक हो ।
  • विकास बजेट खर्च हुने क्षेत्रका लागि विनियोजन गर्ने र रोजगारी सृजना गर्ने बजेटमा जोड दिने बताए ।

काठमाडौं, ११ जेठ (दैनिकी)

काँग्रेस एमाले गठबन्धन सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले काम नपाएका युवालाई वेरोजगारी भत्ता दिनेगरी आगामी आर्थिक बर्षको बजेट ल्याउने भएका छन् । पूर्ववर्ती सरकारले २५ अर्ब रुपैयाँभन्दा बढी विकास खर्च गर्न नसकेकाले जेठभित्रै बजेट ल्याउने भनेपनि नवनियुक्त अर्थमन्त्रीले गठबन्धन दलवीच न्यूनतम साझा कार्यक्रम तय भएपछि बजेटको तयारी हुने बताएका छन् ।
उनले विकास बजेट खर्च हुने क्षेत्रका लागि विनियोजन गर्ने र रोजगारी सृजना गर्ने बजेटमा जोड दिने बताए । लोकतन्त्र आएको अनुभूत हुने गरी बजेटमा राहत प्याकेज ल्याइने र संविधान निर्माण, शान्ति प्रक्रिया, सेना समायोजन, राज्यको पुर्नसंरचना, संघियराज्य निर्माणलाई प्राथमिकता दिने कुरा पदवहाली गर्दै उनले भनेका छन्- भुमिहीनलाई जग्गाभन्दा वेरोजगार भत्ता दिनु ठिक हो ।
(more…)

May 26, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


बन्द फलामखानी सञ्चालनको तयारीमा

खानी तथा भू-गर्भ विभागबाट अनुमति लिएको देवी पोखरेलको समूहले फलाम निकाल्ने तयारी गरिरहेको हो । फलामखानी गाविसको २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त खानी छिमेकी लुंखु, पाखापानी र ठानामौला गाविसको केही भागमा समेत फलाम हुन सक्ने अनुमान गरिएको छ । 

पर्वत ११ जेठ

आधा शताब्दी पहिले बन्द भएको दक्षिण पर्वतमा रहेको फलामखानी पुनः सञ्चालनको तयारीमा रहको छ । निजी क्षेत्रको कम्पनीले उक्त खानीबाट आगामी वर्षदेखि फलाम निकाल्ने तयारी गरिरहेको छ ।

खानी तथा भू-गर्भ विभागबाट अनुमति लिएको देवी पोखरेलको समूहले फलाम निकाल्ने तयारी गरिरहेको हो । फलामखानी गाविसको २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त खानी छिमेकी लुंखु, पाखापानी र ठानामौला गाविसको केही भागमा समेत फलाम हुन सक्ने अनुमान गरिएको छ ।

फलाम निकाल्नका लागि पोखरेल समूहले गरेको अध्ययनले फलामखानी गाविसमा मात्रै २० लाख टनभन्दा बढी फलामको धाउ रहेको अनुमान गरिएको छ । समूहका अर्जुन पोखरेलका अनुसार वषर्ापछि सडक निर्माण गर्ने र प्राविधिकको रिर्पोट आएपछि उत्खननको काम तत्कालै सुरु गर्ने तयारी भैरहेको छ ।
(more…)

Posted in समाचार र बिचार BY Administrator No Comments »


१८ वर्ष पुगेका सबैलाई सैनिक तालिम, कांग्रेसद्वारा बिरोध

  • तर कांग्रेसले १८ बर्ष उमेर पुगेका नागरिकलाई सैन्य तालिम दिने र संविधानमा जनमुक्ति सेना राखेको प्रति असहमति जनाएको छ । उक्त प्रतिवेदनको बुदा नं. ५ को ३ मा उल्लेख भएको ‘देशको रक्षाको लागि आवश्यक परेको समयमा १८ वर्ष उमेर पुरा भएका नागरिकलाई सैनिक तालिमको आह्वान गर्न सक्नेछ र सो बमोजिम तालिममा भाग लिई राष्ट्रलाई सेवा प्रदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने छ’ भन्ने उल्लेख छ ।

माधव कुमारको सपथ संगै संविधान सभा औपचारिक रुपमा संविधान निर्माणको चरणमा प्रवेश गरेको छ। संविधान बनाउनका लागि विभिन्न समितिहरु गठन भएका थिए, अब ती समितिले तयार पारेका मस्यौदा प्रतिवेदनमाथि छलफल हुँदैछ। प्रत्येक धारा दुई तिहाई बहुमतले पास भएपछि मात्र संविधानमा राखिनेछ।

(more…)

Posted in समाचार र बिचार BY Administrator No Comments »


प्रचन्ड जांदा जांदै...........

सभामुख महोदय

नेपाली राजनीतिको अत्यन्त तरल सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरुका अगाडि उभीएर केही कुरा राख्दैछु। गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतार-चढाव अन्यौल र आशंकाको तुवाँलो अझै हटिसकेको छैन। अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिँदै त छैन यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन देशलाई भीषण द्वन्द्वमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्ने दुरवर्ती षड्यन्त्रले कहीँ कतैबाट काम गरिरहेको त छैन आज नेपाली जनताका मनमा यी र यस्तै प्रश्नहरु खेलिरहेको तथ्य सजिलै बुझ्न सकिन्छ। यस विशिष्ट क्षणमा म इतिहासका सम्पूर्ण सहिदहरुका साथै महान् जनयुद्ध जनआन्दोलन र मधेश आन्दोलनलगायत स्वतन्त्र समृद्ध एवं नयाँ लोकतान्त्रिक नेपालको सपना साकार पार्न आपुनो प्राणोत्सर्ग गर्ने हजारौं ज्ञात-अज्ञात सहिदहरुप्रति श्रद्धा व्यक्त गर्दछु। उनीहरुको परिवारजनप्रति सम्मान प्रकट गर्दछु। त्यसै गरी ती हजारौं वेपत्ता योद्धाहरु जसले नयाँ नेपालका लागि असीम त्याग र वलिदानको कीर्तिमान कायम गरेका छन् ती सबैप्रति उच्च सम्मान प्रकट गर्दै पीडामा छटपटिएका उनीहरुका परिवारजनप्रति हार्दिक स्नेह र सम्मान व्यक्त गर्दछु। नयाँ नेपाल निर्माणको सन्दर्भमा घाइते अपाङ्ग बन्न पुगेका तमाम योद्धा र उनीहरुका परिवारजनप्रति पनि म यस क्षणमा स्नेह र सम्मान प्रकट गर्न चाहान्छु।

(more…)

May 22, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


दैनिकीडटकममा समस्या

तपाईंहरुले याद गर्नु भएको छ कि छैन …… दैनिकीडटकम खोल्दा साइड तथा post हरुमा आउने तस्बिरहरु आउँदैन … । दैनिकीको साईटमा यस्तो समस्या आएको धेरै भएपनी यसप्रती Dhumbarahi Media Pvt. Ltd को भने ध्यानआकर्शण छैन जस्तो छ। नत्र त online news को साईट धेरै दिनसम्म यस्तो समस्या देखिनु नपर्ने हो । दैनिकीडटकम ईन्टरनेट एक्स्प्लोरर बाट ख्प्ल्द देखिएको द्रिश्य हेर्न भित्र प्रबेश गर्नुहोस् । (more…)

May 20, 2009 Posted in समाचार र बिचार BY Administrator Comments (1)


Prachanda Baburam And Katuwal

nidra lagyo sipahilai

 

Katwal lai Chetawani 

May 2, 2009 Posted in कार्टून+ब्यङ्गबाण BY Administrator No Comments »


Free Website Hosting