१८ वर्ष पुगेका सबैलाई सैनिक तालिम, कांग्रेसद्वारा बिरोध
- तर कांग्रेसले १८ बर्ष उमेर पुगेका नागरिकलाई सैन्य तालिम दिने र संविधानमा जनमुक्ति सेना राखेको प्रति असहमति जनाएको छ । उक्त प्रतिवेदनको बुदा नं. ५ को ३ मा उल्लेख भएको ‘देशको रक्षाको लागि आवश्यक परेको समयमा १८ वर्ष उमेर पुरा भएका नागरिकलाई सैनिक तालिमको आह्वान गर्न सक्नेछ र सो बमोजिम तालिममा भाग लिई राष्ट्रलाई सेवा प्रदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने छ’ भन्ने उल्लेख छ ।
माधव कुमारको सपथ संगै संविधान सभा औपचारिक रुपमा संविधान निर्माणको चरणमा प्रवेश गरेको छ। संविधान बनाउनका लागि विभिन्न समितिहरु गठन भएका थिए, अब ती समितिले तयार पारेका मस्यौदा प्रतिवेदनमाथि छलफल हुँदैछ। प्रत्येक धारा दुई तिहाई बहुमतले पास भएपछि मात्र संविधानमा राखिनेछ।
हिजो बसेको संविधान सभाको बैठकमा राष्ट्रिय हितको संरक्षण समितिले तयार गरेको प्रारम्भिक मस्यौदाको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनमा एउटा व्यवस्था रहेको छ- १८ वर्ष पुगेका सबै नेपाली नागरिकले देशको रक्षाको लागि सरकारले आवश्यक परेको समयमा सैनिक तालिमको लागि आह्वान गरेमा राष्ट्रलाई सेवा पुर्याउनु पर्ने।
तर कांग्रेसले १८ बर्ष उमेर पुगेका नागरिकलाई सैन्य तालिम दिने र संविधानमा जनमुक्ति सेना राखेको प्रति असहमति जनाएको छ । उक्त प्रतिवेदनको बुदा नं. ५ को ३ मा उल्लेख भएको ‘देशको रक्षाको लागि आवश्यक परेको समयमा १८ वर्ष उमेर पुरा भएका नागरिकलाई सैनिक तालिमको आह्वान गर्न सक्नेछ र सो बमोजिम तालिममा भाग लिई राष्ट्रलाई सेवा प्रदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने छ’ भन्ने उल्लेख छ ।
यस्तै अर्को बुदा नं.२३ धारा २ मा उल्लेखित "दीगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समुन्नतिको लागि नेपाली सेना र शिविरमा रहेका लडाकू…" पछि कोष्ठमा राखिएको "जनमुक्ती सेना" भन्ने शब्दहरु १२ बुदे समझदारी र बृहत शान्ति सम्झौतामा नभएकोले जनमुक्ती सेना भन्नेमा केही सभासद्ले असहमति जनाएका छन् ।
May 26, 2009 Posted in समाचार र बिचार BY Administrator



