बन्द फलामखानी सञ्चालनको तयारीमा
खानी तथा भू-गर्भ विभागबाट अनुमति लिएको देवी पोखरेलको समूहले फलाम निकाल्ने तयारी गरिरहेको हो । फलामखानी गाविसको २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त खानी छिमेकी लुंखु, पाखापानी र ठानामौला गाविसको केही भागमा समेत फलाम हुन सक्ने अनुमान गरिएको छ ।
पर्वत ११ जेठ
आधा शताब्दी पहिले बन्द भएको दक्षिण पर्वतमा रहेको फलामखानी पुनः सञ्चालनको तयारीमा रहको छ । निजी क्षेत्रको कम्पनीले उक्त खानीबाट आगामी वर्षदेखि फलाम निकाल्ने तयारी गरिरहेको छ ।
खानी तथा भू-गर्भ विभागबाट अनुमति लिएको देवी पोखरेलको समूहले फलाम निकाल्ने तयारी गरिरहेको हो । फलामखानी गाविसको २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त खानी छिमेकी लुंखु, पाखापानी र ठानामौला गाविसको केही भागमा समेत फलाम हुन सक्ने अनुमान गरिएको छ । फलाम निकाल्नका लागि पोखरेल समूहले गरेको अध्ययनले फलामखानी गाविसमा मात्रै २० लाख टनभन्दा बढी फलामको धाउ रहेको अनुमान गरिएको छ । समूहका अर्जुन पोखरेलका अनुसार वषर्ापछि सडक निर्माण गर्ने र प्राविधिकको रिर्पोट आएपछि उत्खननको काम तत्कालै सुरु गर्ने तयारी भैरहेको छ ।
खानी सञ्चालन गर्ने समूहले ९९ प्रतिशत तयारी पूरा गरेको पोखरेलले जानकारी दिए ।
खानीमा रहेको धाउमा ४४ देखि ६० प्रतिशत फलाम रहेको भेटिएको छ । धाउमा फलामको मात्रा हेर्न विषेश परिक्षणका लागि कोलकत्ता पठाउने र त्यसको रिर्पोटमा अझ बढ्न सक्ने अनुमान गरिएकाले त्यसलाई पर्खिएको पोखरेलले जानकारी दिए ।
मुलुकमै सबैभन्दा धेरै फलामको धाउ भण्डारण भएको फुलचोकी पछि यो दोस्रो ठूलो भण्डारण रहेको अनुमानसमेत समूहले गरेको छ । फलामखानी गाविसको १,२,३,४,५,६ र ७ नं वडाको जंगलमा खानी फैलीएर रहेको जनाइएको छ ।
यो फलामखानी २००७ सालमा सरकारले बन्द गरेको थियो । खानीबाट निकालेको फलामको धाउ पगाल्न वरपरका आधा दर्जन गाविसको हजारौ हेक्टर जंगल सखाप बनेपछि सरकारले खानी बन्द गरेको थियो ।
स्थानीयवासी गोविन्द विश्वकर्माका अनुसार लुंखु पाखापानी, फलामखानी, ठानामौला, भंगारालगायतका गाविसमा रहेको जंगल फाडिएपछि इन्धनका कारण बन्द गरिए पनि फलामखानी नजिकैको लुंखुमा विद्युत पुगेकाले इन्धनको समेत समस्या हटेको छ ।
-लक्ष्मीप्रसाद सापकोटा ´लक्ष्मण´
May 26, 2009 Posted in समाचार र बिचार BY Administrator



