बेरोजगारलाई भत्ता, उर्जा विकासमा २० अर्ब
- उर्जा विकास कोषमा सरकारले २० अर्ब राखेर १४ अञ्चलमा जलविद्युत परियोजना निर्माण गर्ने अवधारणा उनले अगाडी सारेका छन्।
- विधान निर्माण, शान्ति प्रक्रिया, सेना समायोजन, राज्यको पुर्नसंरचना, संघियराज्य निर्माणलाई प्राथमिकता दिने कुरा पदवहाली गर्दै उनले भनेका छन्- भुमिहीनलाई जग्गाभन्दा वेरोजगार भत्ता दिनु ठिक हो ।
- विकास बजेट खर्च हुने क्षेत्रका लागि विनियोजन गर्ने र रोजगारी सृजना गर्ने बजेटमा जोड दिने बताए ।
काठमाडौं, ११ जेठ (दैनिकी)
काँग्रेस एमाले गठबन्धन सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले काम नपाएका युवालाई वेरोजगारी भत्ता दिनेगरी आगामी आर्थिक बर्षको बजेट ल्याउने भएका छन् । पूर्ववर्ती सरकारले २५ अर्ब रुपैयाँभन्दा बढी विकास खर्च गर्न नसकेकाले जेठभित्रै बजेट ल्याउने भनेपनि नवनियुक्त अर्थमन्त्रीले गठबन्धन दलवीच न्यूनतम साझा कार्यक्रम तय भएपछि बजेटको तयारी हुने बताएका छन् ।
उनले विकास बजेट खर्च हुने क्षेत्रका लागि विनियोजन गर्ने र रोजगारी सृजना गर्ने बजेटमा जोड दिने बताए । लोकतन्त्र आएको अनुभूत हुने गरी बजेटमा राहत प्याकेज ल्याइने र संविधान निर्माण, शान्ति प्रक्रिया, सेना समायोजन, राज्यको पुर्नसंरचना, संघियराज्य निर्माणलाई प्राथमिकता दिने कुरा पदवहाली गर्दै उनले भनेका छन्- भुमिहीनलाई जग्गाभन्दा वेरोजगार भत्ता दिनु ठिक हो ।
बाबुराम भट्टराईले राजस्व संकलन राम्रो गरेपनि लगानी वातावरण बनाउन नसकेको, राज्य र निजी क्षेत्र दुबैको भूमिकामा स्पष्ट पार्न नसकेको आरोप उनले लगाए । उनले लगानीमैत्री वातावरण बनाउन सुरक्षा स्थिति सुदृढ बनाउने, सरकार, मजदुर युनियन र व्यवसायीवीच समन्ध सुधार बनाउने र बन्द, हड्ताल हुन नदिने र भएमा नियन्त्रण गर्ने अर्थमन्त्रीले बताए ।
केही समयका लागि अर्थमन्त्री भनिएका उनले निजीकरण, आयको स्वयं घोषणा -भिडीआइएस) का विषयमा पहिला अध्ययन गर्ने र आफ्नो धारणा व्यक्त गर्ने बताए । शेयर बजारमा कुनै हस्तक्षेप नहुने उनको भनाई छ ।
उर्जा विकास कोषमा सरकारले २० अर्ब राखेर १४ अञ्चलमा जलविद्युत परियोजना निर्माण गर्ने अवधारणा उनले अगाडी सारेका छन् ।
May 26, 2009 Posted in समाचार र बिचार BY Administrator



