online stats

उर्फ ! फेरी विद्यार्थी आन्दोलन

Source:-Nepaliko Aawaz

  • आमरण अनसनमा रहेका साथीहरुको श्वास्थ स्थिती बिग्रिएकै कारण फेरी बन्द
  • महासचिव हिमाल शर्माले अध्यक्ष लेखनाथ न्यौपानेलगायतका साथीहरुको अवस्था गम्भीर रहेकाले गम्भीर प्रकृतिका कार्यक्रम घोषणा गरेको बताएका रहेछन ।
  • साउन २८ गतेदेखि अनिश्चितकालीन देशव्यापी उच्चमावि बन्द, साउन २८ गतेदेखि भदौ २ गतेसम्म विद्यार्थी कारबाही, साउन २९ गते देशव्यापी मशाल जुलुस, साउन ३० गते उपत्यका बन्द, भदौ १ गतेदेखि देशव्यापी आम शैक्षिक हड्ताल, भदौ २ गते देशव्यापी मशाल जुलुस प्रर्दशन र भदौ ३ गते नेपाल बन्द ।
  • विद्यार्थी हितका लागि +२ बन्द गर्नुले कसलाई हानी ?

क्रान्तिकारीका केन्द्रीय महासचिव हिमाल शर्माका अनुसार, संगठनले विद्यार्थी कारबाही लगायत आन्दोलनका विभिन्न कार्यक्रम अनुसार, साउन २८ गतेदेखि अनिश्चितकालीन देशव्यापी उच्चमावि बन्द, साउन २८ गतेदेखि भदौ २ गतेसम्म विद्यार्थी कारबाही, साउन २९ गते देशव्यापी मशाल जुलुस, साउन ३० गते उपत्यका बन्द, भदौ १ गतेदेखि देशव्यापी आम शैक्षिक हड्ताल, भदौ २ गते देशव्यापी मशाल जुलुस प्रर्दशन र भदौ ३ गते नेपाल बन्द रहेका छन्।
महासचिव शर्माले संगठनले त्रिविको प्रमाणपत्र तह खारेजी फिर्ता नलिए आफूहरु यो भन्दा ठूला आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए। महासचिव शर्माले आमरण अनसनमा बसेका आफ्ना केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेलगायतका साथीहरुको अवस्था गम्भीर रहेकाले गम्भीर प्रकृतिका कार्यक्रम घोषणा गरेको बताए।
यसरी आमरण अनसनमा रहेका साथीहरुको श्वास्थ स्थिती बिग्रिएकै कारण विद्यार्थीहरुकै हितका लागि भनेर आन्दोलन गरिराखेको अखिल क्रान्तिकारीले पुन आन्दोलन लगायत +२(उमावी)हरु बन्द गर्दा विद्यार्थीहरुलाई नै असर गरिरहेको छ । जसबाट T.U तथा सरकारलाई केही घाटा भएको छैन । त्यस तर्फ आन्दोलनकारीहरुको ध्यान किन जान सकेको छैन ?
महासचिव शर्माले विद्यार्थीको मागलाई नजरअन्दाज गरिएकाले शैक्षिक माफियाहरुविरुद्ध विद्यार्थी कारबाही समेत गरिन लागेको बताएका छन् । शैक्षिक उनकाअनुसार माफिया र विद्यार्थी हीत विरुद्ध काम गर्नेलाई कारबाही हुनेछ उनले भनेका छन : ‘जसले हामीलाई मार्छ उसलाई पनि हामी चैनले बाँच्न दिदैनौ।’ यद्यपि उनले विद्यार्थी कारबाही कस्तो र कुन रुपको हुने भन्ने उल्लेख गरेका छैनन ।
त्रिविको प्रमाणपत्र तह खारेजको विरोधमा ३ दिनदेखि आमरण अनसनरत क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपाने लगायतका ३ विद्यार्थी नेताको स्वास्थ्यस्थिति गम्भीर भएको पनि अखिल क्रान्तिकारीले जनाएको छ।

यसरी आमरण अनसनमा रहेका साथीहरुको श्वास्थ स्थिती बिग्रिएकै कारण विद्यार्थीहरुकै हितका लागि भनेर आन्दोलन गरिराखेको अखिल क्रान्तिकारीले पुन आन्दोलन लगायत +२(उमावी)हरु बन्द गर्दा विद्यार्थीहरुलाई नै असर गरिरहेको छ जसबाट T.U तथा सरकारलाई केही घाटा भएको छैन । त्यस तर्फ आन्दोलनकारीहरुको ध्यान किन जान सकेको छैन ।

August 12, 2009 Posted in समाचार र बिचार BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/08/12/p146/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting