online stats

१८ वर्ष पुगेका सबैलाई सैनिक तालिम, कांग्रेसद्वारा बिरोध

  • तर कांग्रेसले १८ बर्ष उमेर पुगेका नागरिकलाई सैन्य तालिम दिने र संविधानमा जनमुक्ति सेना राखेको प्रति असहमति जनाएको छ । उक्त प्रतिवेदनको बुदा नं. ५ को ३ मा उल्लेख भएको ‘देशको रक्षाको लागि आवश्यक परेको समयमा १८ वर्ष उमेर पुरा भएका नागरिकलाई सैनिक तालिमको आह्वान गर्न सक्नेछ र सो बमोजिम तालिममा भाग लिई राष्ट्रलाई सेवा प्रदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने छ’ भन्ने उल्लेख छ ।

माधव कुमारको सपथ संगै संविधान सभा औपचारिक रुपमा संविधान निर्माणको चरणमा प्रवेश गरेको छ। संविधान बनाउनका लागि विभिन्न समितिहरु गठन भएका थिए, अब ती समितिले तयार पारेका मस्यौदा प्रतिवेदनमाथि छलफल हुँदैछ। प्रत्येक धारा दुई तिहाई बहुमतले पास भएपछि मात्र संविधानमा राखिनेछ।

(more…)

May 26, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


प्रचन्ड जांदा जांदै...........

सभामुख महोदय

नेपाली राजनीतिको अत्यन्त तरल सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरुका अगाडि उभीएर केही कुरा राख्दैछु। गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतार-चढाव अन्यौल र आशंकाको तुवाँलो अझै हटिसकेको छैन। अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिँदै त छैन यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन देशलाई भीषण द्वन्द्वमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्ने दुरवर्ती षड्यन्त्रले कहीँ कतैबाट काम गरिरहेको त छैन आज नेपाली जनताका मनमा यी र यस्तै प्रश्नहरु खेलिरहेको तथ्य सजिलै बुझ्न सकिन्छ। यस विशिष्ट क्षणमा म इतिहासका सम्पूर्ण सहिदहरुका साथै महान् जनयुद्ध जनआन्दोलन र मधेश आन्दोलनलगायत स्वतन्त्र समृद्ध एवं नयाँ लोकतान्त्रिक नेपालको सपना साकार पार्न आपुनो प्राणोत्सर्ग गर्ने हजारौं ज्ञात-अज्ञात सहिदहरुप्रति श्रद्धा व्यक्त गर्दछु। उनीहरुको परिवारजनप्रति सम्मान प्रकट गर्दछु। त्यसै गरी ती हजारौं वेपत्ता योद्धाहरु जसले नयाँ नेपालका लागि असीम त्याग र वलिदानको कीर्तिमान कायम गरेका छन् ती सबैप्रति उच्च सम्मान प्रकट गर्दै पीडामा छटपटिएका उनीहरुका परिवारजनप्रति हार्दिक स्नेह र सम्मान व्यक्त गर्दछु। नयाँ नेपाल निर्माणको सन्दर्भमा घाइते अपाङ्ग बन्न पुगेका तमाम योद्धा र उनीहरुका परिवारजनप्रति पनि म यस क्षणमा स्नेह र सम्मान प्रकट गर्न चाहान्छु।

(more…)

May 22, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


दैनिकीडटकममा समस्या

तपाईंहरुले याद गर्नु भएको छ कि छैन …… दैनिकीडटकम खोल्दा साइड तथा post हरुमा आउने तस्बिरहरु आउँदैन … । दैनिकीको साईटमा यस्तो समस्या आएको धेरै भएपनी यसप्रती Dhumbarahi Media Pvt. Ltd को भने ध्यानआकर्शण छैन जस्तो छ। नत्र त online news को साईट धेरै दिनसम्म यस्तो समस्या देखिनु नपर्ने हो । दैनिकीडटकम ईन्टरनेट एक्स्प्लोरर बाट ख्प्ल्द देखिएको द्रिश्य हेर्न भित्र प्रबेश गर्नुहोस् । (more…)

May 20, 2009 Posted in समाचार र बिचार BY Administrator Comments (1)


जोखिम पूर्ण यात्रा

हेर्नुस् त कसरी यात्रा गर्न वाध्य छन जनता ? यात्रुका चाप र सवारीको कमीले गर्दा बेलुकिपख सधैं नै लगनखेलबाट चापागाउँ हुँदै टिकाभैरभ लेले जाने बसहरुको छतमा यसरी नै भिड लाग्छ। (more…)

April 26, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


महंगो सम्बन्ध विच्छेद !

  ओस्कर विजेता अभिनेता÷निर्देशक मेल गिब्सनको वैवाहिक जीवन समाप्तीको नजिक पुगेको छ। १९८० मा रोविन मुरसँग विवाह गरेका गिब्सनको २००६ देखि उनीसँग अलग बस्दै आएका थिए। हालै पत्नी मुरले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि गिब्सनको वैवाहिक जीवन संकटमा परेको हो।

(more…)

April 16, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


Happy New Year - 2066 नव वर्ष २०६६ को शुभकामना

 

(more…)

April 13, 2009 Posted in समाचार र बिचार, चाड-पर्व(Festival) BY Administrator No Comments »


Attention-This site may harm your computer.

Mysansar open like this when searching on google .com

Search result

 

(more…)

April 5, 2009 Posted in समाचार र बिचार, तस्बिर संसार(picture world) BY Administrator Comments (1)


माओवादी क्रान्तिकारीको होइन हत्यारा र लुटेराको पार्टी हो : ओली

 नेता देउवा र गगन थापासमेत कञ्चनपुरमा

विक्रम गिरी, महेन्द्रनगर २३ चैत

सत्ता साझेदार दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी क्रान्तिकारी नभएर हत्यारा र लुटेराको पार्टी भएको आरोप लगाएका छन्। आइतबार कञ्चनपुर-४ को चुनावीसभालाई महाकालीपारीको चाँदनीमा सम्बोधन गर्दै उनले एकीकृत माओवादीको सरकारमा नेतृत्व गर्ने समय सिद्धिएको बताए। माओवादीले दण्डहीनता निम्त्याउने काममात्र गरेको आरोप ओलीको थियो। माओवादीले सरकारको नेतृत्व गरेकै कारण देश अनिश्चिततातर्फ धकेलिएको दाबी ओलीले गरे। ´माओवादीले कुनै पनि सिर्जनात्मक काम गर्न सकेन´ उनले भने। माओवादी अहंकारी भएको आरोप लगाउँदै उनले भने- ´माओवादी गोब्रे च्याउमात्रै हो, उसित कसैले डराउनुहुँदैन।´ उपनिर्वाचनले कुनै पनि दलको अवस्था र स्थितिमा फरक नपारे पनि दुरगामी प्रभाव पार्ने नेता ओलीले बताए- ´देशको भविष्यका बारेमा उपनिर्वाचनले कम्पासको काम गर्नेछ।´ एमालेको चुनावीसभालाई सम्बोधन गर्न पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारी, केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठलगायत आधा दर्जन केन्द्रीय नेता कञ्चनपुर आएका छन्। (more…)

Posted in समाचार र बिचार BY Administrator No Comments »


Aalok Exist No Longer Because Of Poverty

दीपक भट्टराई, चैत २१ काठमाडौं
चलचित्र लेखक तथा निर्देशक दीपक आलोकको शुक्रबार बिहान साँढे चार बजे काठमाडौं चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
गत साउन महिनादेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनी अस्पताल भर्ना भएका थिए। रंगकर्मी आलोकलाई गत मंगलबारदेखि आईसीयूमा स्थानान्तरण गरिएको थियो। आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकी डायलोसिसका भरमा मृत्युसँग लड्दै आइरहेका आलोकलाई जन्डिससमेत भएपछि समस्या थपिएको थियो।
(more…)

April 3, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


Mysansar-Reported Virus Attack Site

Mysansar

माइसन्सार खोल्दा एस्तो देखियो । (more…)

April 2, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


«« Older Items Newer Items »»
Free Website Hosting